७६औँ गणतन्त्र दिवसमा प्रधानमन्त्री मोदीद्वारा संविधानका मूल्यहरूलाई बलियो बनाउने सन्देश
3 महीना पहिले प्रकाशित

एजेन्सी, दिल्ली माघ १३ गते । भारतले माघ १३ गते ७६औँ गणतन्त्र दिवस उत्साहपूर्वक मनाएको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई शुभकामना व्यक्त गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रिय समर स्मारकमा गई देशका लागि बलिदान दिने वीर जवानहरूलाई नमन गरे। वीर जवान ज्योतिको अगाडि सेनाको ब्याण्डसहित पुष्पाञ्जलि अर्पण गरिएको थियो। यसपटक प्रधानमन्त्री मोदी खैरो रंगको बन्द गला कोट र केसरी रंगको साफा पहिरनमा देखा परे, जसमा रातो र पहेँलो रंगको आकर्षक संयोजन थियो। प्रत्येक गणतन्त्र दिवसमा प्रधानमन्त्रीको विशेष पहिरन चर्चामा रहने गर्दछ।
प्रधानमन्त्रीले गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै संविधान बनाउने महान विभूतिहरूलाई सम्झिएका छन्। उनले भने, यो दिन हाम्रो लोकतन्त्र, गरिमा र एकताको आधारशिला बनाउने संविधान निर्माताहरूलाई सम्झन र सम्मान गर्ने हो। यस राष्ट्रिय उत्सवले हामीलाई संविधानका मूल्यहरूलाई संरक्षण गर्दै सशक्त र समृद्ध भारत निर्माण गर्न प्रेरणा दिन्छ। प्रधानमन्त्रीले यो महान दिनलाई भारतीय लोकतन्त्रको गौरवशाली यात्राको प्रतीकका रूपमा व्याख्या गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments