श्रीमतीको हत्या : धनुषामा श्रीमानले लाठी प्रहार गरेपछि मृत्यु

3 महीना पहिले प्रकाशित

 

जनकपुरधाम, माघ १३ गते । धनुषा जिल्लाको नगरपालिका–५, पर्वतामा ३३ वर्षीय देवलाल ठाकुरले आफ्नी २७ वर्षीया श्रीमती सङ्गीता ठाकुरलाई लाठी प्रहार गरी हत्या गरेका छन्। प्रहरीका अनुसार शनिबार राति करिब २ बजे घरभित्र विवाद भएपछि आवेशमा आएका देवलालले श्रीमतीमाथि प्रहार गरेका थिए। लाठीको गम्भीर चोटका कारण सङ्गीताको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालय धनुषाधामको टोलीले घटनास्थलमै पुगेर आरोपित देवलाललाई नियन्त्रणमा लिएको छ। सङ्गीताको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घरेलु हिंसाका कारण यस्तो दुःखद घटना घटेको प्रारम्भिक आँकलन गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?