राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता

6 महीना पहिले प्रकाशित

काठमाडौं, माघ ८ गते । राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। पार्टीका नेता केशव झाले दल दर्ता नम्बर २०१ कायम भएको जानकारी दिँदै मंगलबार आयोगले पार्टीलाई प्रमाणपत्र प्रदान गरेको बताए।

पार्टीको चुनाव चिह्न ग्यास सिलिण्डर रहेको छ भने झण्डा गाढा निलो रंगको आयाताकार आकारको हुनेछ, जसको मध्य भागमा तीर धनुष अंकित रहनेछ। स्वदेशवाद, बहुलराष्ट्रवाद, र सामुदायिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्त बनाएर पार्टीले अगाडि बढ्ने घोषणा पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?