'सारेगमप २०२४' की विजेता श्रद्धा मिश्रा
4 महीना पहिले प्रकाशित

एजेन्सी, माघ ७ गते । भारतीय रियालिटी शो ‘सारेगमप २०२४’ को उपाधि आगराकी श्रद्धा मिश्राले जितेकी छन्। उनले सुभाश्री देबनाथ र उज्जवल मोतीरामलाई पछि पार्दै ट्रफी जित्दै १० लाख भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेकी हुन्।
फर्स्ट रनरअप सुभाश्री देबनाथ र सेकेन्ड रनरअप उज्जवल मोतीराम बने। फिनालेमा प्रसिद्ध गायक उदित नारायण र गायिका कविता कृष्णमूर्तिले विशेष प्रस्तुति दिएका थिए।
दैनिक भास्करसँगको अन्तर्वार्तामा श्रद्धाले आफूलाई विजेता घोषित गरिएको क्षणलाई अविश्वसनीय अनुभव भएको बताइन्। उनले आफ्नो जितको खुशी व्यक्त गर्दै पुरस्कार रकमले आफ्नो बुबाको खुट्टाको उपचार गर्न चाहेको उल्लेख गरिन्।
कमेन्ट गर्नुहोस्
view comments