गोवामा प्याराग्लाइडिङ दुर्घटना, नेपाली पाइलटसहित दुईको मृत्यु
3 महीना पहिले प्रकाशित

एजेन्सी, मुम्बई। माघ ६ गते । भारतको गोवामा प्याराग्लाइडिङ दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा नेपाली पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी रहेका छन्। शिवानी भारतको पुणे निवासी रहेको जनाइएको छ भने सुमनको ठेगाना खुलाइएको छैन।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार अनुमति र आवश्यक सुरक्षा उपकरणबिनै गरिएको प्याराग्लाइडिङका कारण दुर्घटना भएको हो। यस घटनापछि प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments