अधिवक्ता त्रिपाठीमाथिको आक्रमणप्रति एमालेको निन्दा, दोषीमाथि कारबाहीको माग
6 महीना पहिले प्रकाशित

काठमाडौं, माघ ४ गते । नेकपा (एमाले) ले सहकारी ठगी प्रकरणमा विपक्षमा बहस गरेकै कारण वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमै भएको आक्रमणको कडा निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले सभापति रवि लामिछानेविरुद्ध बहस गरेको भन्दै त्रिपाठीमाथि आक्रमण गरेको घटनाप्रति गम्भीर आपत्ति जनाइएको छ।
विज्ञप्तिमा घटनालाई लोकतान्त्रिक विधि, न्याय प्रणाली, र अधिवक्ताको स्वतन्त्रताविरुद्धको गम्भीर आक्रमणको संज्ञा दिँदै निष्पक्ष छानबिन र दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरिएको छ। एमालेले त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गालीगलौज, र सांघातिक हमलालाई निन्दनीय भन्दै यस्ता गतिविधिहरूले कानून र न्यायप्रतिको जनताको विश्वास कमजोर पार्ने चेतावनी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments