लिङ्देन र प्रधानमन्त्री ओलीबीच भेट, राष्ट्रिय एकता दिवसको निमन्त्रणा

6 घन्टा पहिले प्रकाशित

काठमाडौं, पुस २६ गते ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। लिङ्देनले शनिबार (पुस २७) राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना हुने चियापान कार्यक्रममा प्रधानमन्त्रीलाई निमन्त्रणा दिन भेट गरेका हुन्। भेटका क्रममा अन्य विषयमा पनि विस्तृत कुराकानी भएको लिङ्देनले जानकारी दिएका छन्।

राप्रपाले चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न दलका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कूटनीतिक प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, कलाकार, खेलाडी, तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिलाई निमन्त्रणा गरेको छ। पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारले हालै पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय गरेपछि यो कार्यक्रमलाई थप महत्त्वका साथ हेरिएको छ। राप्रपाले २०६३ देखि निरन्तर रूपमा यो दिवसको अवसरमा चियापान आयोजना गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?