रवि लामिछानेको रिहाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिक्रिया
6 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुस २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले केन्द्रीय निलम्बित सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेशलाई सत्यको जीतको रूपमा व्याख्या गरेको छ। विज्ञप्ति जारी गर्दै रास्वपाले लामिछानेलाई विना कसुर ८४ दिनसम्म हिरासतमा राखिएको भन्दै अदालतले दिएको ६५ लाख धरौटीमा रिहाइको आदेशप्रति आभार व्यक्त गरेको हो।
रास्वपाका सभापति यदुनाथ अधिकारीले रवि लामिछानेको रिहाइका लागि साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। 'ढिलै भए पनि सत्यको जित भएको छ,' विज्ञप्तिमा भनिएको छ। पार्टीले यस घटनाले सत्य र न्यायप्रति जनताको विश्वास अझै मजबुत भएको दाबी गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments