प्रधानमन्त्री ओली संविधान संशोधनमा ‘ब्याक’: कांग्रेसको आपत्ति
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुस २५ गते । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन तत्काल नहुने स्पष्ट पारेका छन्। उनले २०८७ सालमा मात्र संविधान संशोधन गर्ने बताउँदै, वर्तमान समयका लागि यो विषय प्राथमिकतामा नरहेको जनाएका छन्। यो अभिव्यक्ति ओली नेतृत्वको सरकार गठनका लागि नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिविपरीत आएको छ। सहमतिमा संविधान संशोधनको एजेन्डा समावेश भए पनि प्रधानमन्त्री ओलीको पछिल्लो धारणा विवादको विषय बनेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहमति विपरीतको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्। कांग्रेस र एमालेबीच आलोपालो प्रधानमन्त्री हुने सहमति गरेका थिए, जसअन्तर्गत ओलीको नेतृत्वमा सरकार गठन भएको हो। सहमतिअनुसार संविधान संशोधनलगायतका मुद्दा सम्बोधन हुने अपेक्षा भए पनि प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले गठबन्धनभित्र असन्तोष बढाएको छ।
कमेन्ट गर्नुहोस्
view comments