तिब्बतमा ७.१ म्याग्निट्यूडको भूकम्प, १२६ जनाको मृत्यु
7 दिन पहिले प्रकाशित
काठमाडौं, पुस २४ गते । चीनको तिब्बत क्षेत्रमा ७.१ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२६ पुगेको छ भने १८८ जना घाइते भएका छन्। तिब्बतको शिगात्से सहरमा भूकम्पका कारण १ हजारभन्दा बढी भवन भत्किएर विद्युत् र जल वितरण प्रणाली पूर्ण रूपमा अवरुद्ध भएको छ। भूकम्पपछि कैयौँ परकम्प मापन गरिएको जानकारी चिनियाँ सञ्चारमाध्यम सिजिटिएनले दिएको छ।
नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पले नेपाल, भारत, र भुटानका विभिन्न भागलाई पनि हल्लाएको थियो। अमेरिकी भौगर्भिक निकाय यूएसजीएसका अनुसार यो भूकम्प जमिनको सतहभन्दा १० किलोमिटर तल गहिराईमा गएको थियो। यस प्राकृतिक विपत्तिले प्रभावित क्षेत्रको जनजीवनमा गम्भीर प्रभाव पारेको छ।
कमेन्ट गर्नुहोस्
view comments