तिब्बतको शिगात्से केन्द्रबिन्दु भूकम्प: ५३ को मृत्यु, आपतकालीन उद्धार जारी

8 दिन पहिले प्रकाशित

एजेन्सी, पुस २३ गते । मंगलबार बिहान चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.८ रेक्टर स्केलको भूकम्पले ५३ जनाको ज्यान लिएको छ। चिनियाँ सरकारी अनलाइन सीजीटीएनका अनुसार भूकम्पबाट ३८ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूले भूकम्पका कारण भएको भौतिक क्षतिको विस्तृत विवरण अझै संकलन भइरहेको जानकारी दिएका छन्।

चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गरेको छ। यस अन्तर्गत प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र बनाइएको छ। शिगात्से सहर आसपासका क्षेत्रमा उद्धार टोलीहरू परिचालित भएका छन्, जसले भग्नावशेषमा फसेका मानिसहरूको खोजी र उपचारमा केन्द्रित कार्य गरिरहेका छन्।

राहत र उद्धार अभियानलाई अझ प्रभावकारी बनाउन बेइजिङबाट उच्चस्तरीय कार्यदल पठाइएको छ। भूकम्पले कति भौतिक संरचना ध्वस्त बनायो र त्यसको दीर्घकालीन प्रभाव कस्तो हुनेछ भन्ने विषयमा विस्तृत विवरण आउन अझै समय लाग्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?