सर्लाहीमा गुण्डागर्दीको चरमसीमा, मापसे चेकिंगको क्रममा प्रहरीकै टाउको फुटाइयो
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस २२ गते । मधेश प्रदेशमै सर्वाधिक चर्चित र बाहुबली नेताहरुको गढ मानिएको सर्लाहीमा गुण्डागर्दी चरमसिमामा पुगेको छ । रामनगर गाउँपालिका ५ मा स्थानीयले सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीमाथि ढुङ्गामुढा तथा लाठी प्रहार गर्दा एक प्रहरी हबल्दार घाईते भएका छन्। रामनगर गाउँपालिका ५ बैजनाथ चोक स्थित नयाँ रोड मधुवनी सडक खण्डमा सवारी साधन चेकजाँचमा खटिएको ईलाका प्रहरी कार्यालय गमहरिया डुमरियाका प्रहरी निरिक्षक उज्वल कार्कीको नेतृत्वको प्रहरी टोलीमाथि रामनगर गाउँपालिका ५ का वडा अध्यक्ष श्रीनन्दन प्रसाद यादवको नेतृत्वमा आएका स्थानीयले ढुङ्गामुढा तथा लाठी प्रहार गर्दा अस्थाई ट्राफिक प्रहरी चेक पोष्ट गमहरियाका प्रहरी हबल्दार सलिन्द्र राय घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार रामनगर गाउँपालिका ५ बैजनाथ चोक स्थित नयाँ रोड मधुवनी सडक खण्डमा ट्राफिक प्रहरी सहितको प्रहरी टोलीले सवारी साधनहरु तथा मादक पदार्थ सेवन चेकजाँच गर्ने क्रममा केही स्थानीयसंग विवाद भएपछि वडा अध्यक्ष यादवको नेतृत्वमा आएका स्थानीयबासीले प्रहरी टोलीमाथि ढुङ्गा मुढा तथा लाठी प्रहार गरी प्रहरी हबल्दार यादवलाई घाईते बनाएपछि भिड तितर वितर गर्न पाँच राउण्ड हवाई फाएर समेत गरिएको छ । हबल्दार रायको टाउमा चोट लागेको र उपचारको लागी सिटिजन अस्पताल पठाइएको र त्यहाँ उपचार सम्भव नभए पछि न्युरो अस्पताल जनकपुर रेफर गरिएको छ । निजको अवस्था चिन्ताजनकनै रहेको परिवार श्रोतले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments