जनता समाजवादी पार्टीका पाँच केन्द्रीय विभागले पूर्णता पाए

5 दिन पहिले प्रकाशित

काठमाडौं, पुस १५ गते ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच वटा केन्द्रीय विभागले पदाधिकारी चयन गरी पूर्णता पाएका छन्। पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार महाधिवेशनपश्चात विभागहरूलाई सक्रिय बनाउन केन्द्रीय कार्यालय समितिको समन्वयमा बैठकहरू सम्पन्न गरी पूर्णता प्रदान गरिएको हो।

आइतबार स्वास्थ्य तथा जनसंख्या विभागको बैठकबाट डा. सुरेन्द्र यादवलाई प्रमुख र अब्दुल कलाम अन्सारीलाई सचिव चयन गरिएको छ। प्रचार प्रसार तथा प्रकाशन विभागमा पूर्ण बस्नेत प्रमुख, शम्भु झा उपप्रमुख र देबबहादुर दुरा सचिवमा चयन भएका छन्।

सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र प्रमुख र रघुवीर मिजार विज्ञ सदस्यमा मनोनित भएका छन्। युवा, विद्यार्थी तथा खेलकुद विभागमा विक्की यादव प्रमुख, कृष्णशंकर साह उपप्रमुख, र रमेश यादव सचिव चयन भएका छन्।

वन तथा वातावरण विभागमा हंशा साह सचिव र चन्देश्वर सदा तथा माधवप्रसाद देव विज्ञ सदस्यमा मनोनित भएका छन्। यी नियुक्तिसँगै विभागहरूलाई थप सक्रिय बनाउँदै संगठनात्मक कार्यलाई प्रभावकारी बनाउने लक्ष्य रहेको जसपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?