दक्षिण कोरियामा विमान दुर्घटना: अधिकांश यात्रुको मृत्यु भएको आशंका
6 दिन पहिले प्रकाशित
एजेन्सी,पुस १४ गते । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा अधिकांश यात्रुको मृत्यु भएको आशंका गरिएको छ। योनहाप समाचार संस्थाका अनुसार दुर्घटनाबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ। थाइल्याण्डको बैंककबाट दक्षिण कोरियाको मुआन विमानस्थलतर्फ उडेको जेजु एयरको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो।
बोइङ ७३७–८०० विमानमा १ सय ७५ यात्रु र चालक दलका ६ सदस्यसहित कुल १ सय ८१ जना सवार थिए। विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ। विमानमा १ सय ७३ कोरियाली नागरिक र २ जना थाई नागरिक थिए। आपतकालीन सेवाका अधिकारीहरूले उद्धार गरिएका दुईजनाबाहेक सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments