हाइटीमा अस्पताल पुनः सञ्चालनको घोषणा क्रममा गोलीकाण्ड, तीनजनाको मृत्यु
12 दिन पहिले प्रकाशित
एजेन्सी, पुस १० गते । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा रहेको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोलीकाण्ड भएको छ। हतियारधारी व्यक्तिको आक्रमणमा दुई पत्रकारसहित तीनजनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। हिंसात्मक समूहले कब्जा गरेको यो अस्पतालमा घटना भएको हो। गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीको प्रतीक्षामा थिए।
हमलाको जिम्मेवारी भिभ अन्सानम समूहले लिएको जनाइएको छ। यो गोलीकाण्डका विभिन्न भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। सरकारी अस्पतालहरू जस्तै अत्यावश्यक स्थानमा हुने यस्तो हिंसाले हाइटीमा कानून र सुरक्षाको अवस्था थप चिन्ताजनक बनेको छ।
कमेन्ट गर्नुहोस्
view comments