ललितपुरमा रेस्टुरेन्टभित्र विवादपछि इन्जिनियरिङ विद्यार्थीको हत्या

20 घन्टा पहिले प्रकाशित

काठमाडौं, पुस ९ गते ।  ललितपुरको च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा चक्कु प्रहारबाट एक विद्यार्थीको हत्या भएको छ। हत्या हुनेमा ललितपुरकै हिमालय कलेजमा बीई चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीय नयन गुरुङ रहेका छन्। गएराति साथीहरूसँग रेस्टुरेन्ट गएका गुरुङलाई रेस्टुरेन्टका कर्मचारी हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। भट्टको स्थायी घर डडेलधुरामा रहेको बताइएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खरेलका अनुसार काउन्टरमा रहेका भट्ट र गुरुङबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि भट्टले अचानक चक्कु प्रहार गर्दा गुरुङ गम्भीर घाइते भए र उनको घटनास्थलमै मृत्यु भयो। राति ९:२० मा भएको यो घटनाले रेस्टुरेन्टमा आत्तिने स्थिति सिर्जना गर्‍यो।

घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार घटनाको कारण आपसी विवाद भए पनि यसको विस्तृत विवरण र भट्टका अन्य उद्देश्यहरूबारे अनुसन्धान जारी छ। मृतक नयन गुरुङको परिवार र साथीहरू यस घटनाबाट स्तब्ध भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?