एनपीएल फाइनलपछि समर्थकमाथि कुटपिट र अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
5 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुस ८ गते । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीका २१ वर्षीय अशोक साउद र १९ वर्षीय गणेश साउद रहेका छन्, जो हाल कीर्तिपुरमा बस्दै आएका थिए। त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयलबीचको फाइनल खेल समाप्तिपछि अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्ने प्रयास गर्ने तथा कुटपिट गर्ने घटना सार्वजनिक भएको थियो।
घटनासम्बन्धी भिडिओ सामाजिक सञ्जालमा फैलिएको र पीडितहरूले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालिएको हो। घटनामा संलग्न दुई जनालाई पक्राउ गरी कीर्तिपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने अन्य संलग्नको खोजी जारी छ। समर्थकमाथि अभद्र व्यवहार र कुटपिटको घटनाले सामाजिक चासो बढाएको छ, र दोषीहरूमाथि कडा कारबाहीको माग गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments