महोत्तरीमा डाँका समूहद्वारा पूर्व गाविस सचिवको हत्या

22 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस ६ गते । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका–४ साढामा डाँका समूहले पूर्व गाविस सचिव सुशील झाको लुटपाटपछि हत्या गरेको छ। ७० वर्षीय झाको हत्या शनिबार बिहान करिब ४ बजे सातआठ जनाको समूहमा आएका लुटेराहरूले गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए।

हत्या गरिएका झा पूर्व गाविस सचिव रहेको र घटनास्थलमा प्रहरी टोली पुगेको डीएसपी जयसवारले बताए। घटनाको अनुसन्धान भइरहेको र लुटेराहरूको खोजी कार्य तीव्र पारिएको पनि प्रहरीले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?