नेपाल पत्रकार महासङ्घको निर्वाचन : देशभरका पत्रकार चुनावी माहोलमा

7 महीना पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २७ गते ।  नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरूमा भोलि हुने निर्वाचनले पत्रकारहरूलाई आफैँ खबरको पात्र बनाएको छ। मधेस मात्र होइन, देशभरका सञ्चारकर्मी यो चुनावी प्रक्रियामा व्यस्त छन्। बुद्धिजीवी, विश्लेषक, र पत्रकारितामा चासो राख्ने सबैका बीचमा महासङ्घको निर्वाचनको चर्चा छ। केन्द्रीय समिति र विभिन्न क्षेत्र (क्लष्टर)का लागि उम्मेदवारहरू समूहमा र एकल रूपमा भोट माग्दै सक्रिय छन्।

मधेस प्रदेशमा तीन समूह चुनावी प्रतिस्पर्धामा छन्। पर्साका श्याम वञ्जारा नेतृत्वको समूहलाई नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपालको समर्थन छ। सप्तरीका अवधेश झाको समूहलाई प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन, र नेपाल प्रेस मञ्चले साथ दिएका छन्। धनुषाका नवलकिशोर यादवले आफ्नो समूहलाई स्वतन्त्र दाबी गरेका छन्। मधेसका आठ जिल्लामा ७७२ सदस्य रहेका छन्, जसलाई मत दिन मनाउन उम्मेदवारहरू सक्रिय छन्। यसपटकका चुनावमा अघिल्लो निर्वाचनभन्दा फरक गठबन्धन बनेका छन्, जसको प्रभाव केन्द्रदेखि स्थानीय तहसम्म देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?