एचआईभी रोकथाममा ठुलो सफलता : लेनाकापाभिर खोप ९६% प्रभावकारी
10 दिन पहिले प्रकाशित
वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक अत्यन्त खतरनाक भाइरस हो, जसको उपचारका लागि डाक्टर र वैज्ञानिकहरूले वर्षौंदेखि खोजी गरिरहेका छन्। हालै, यस दिशामा उल्लेखनीय सफलता हासिल भएको छ। वैज्ञानिकहरूले एचआईभी सङ्क्रमण रोक्ने खोप विकसित गरेका छन्, जसको नाम लेनाकापाभिर हो। यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको अनुसन्धानले देखाएको छ।
अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडले प्रकाशित गरेको तथ्याङ्क अनुसार, लेनाकापाभिर खोपको फेज-३ परीक्षणले १००% सफलता दर देखाएको छ। यो खोप एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआईभी सङ्क्रमणबाट पूर्ण रूपमा सुरक्षित रहनेछ। दक्षिण अफ्रिका र युगान्डाका ५ हजार महिलामा गरिएको परीक्षणमा यो खोपले उच्च प्रभावकारिता देखाएको छ। अनुसन्धानको विस्तृत विवरण न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments