२००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धि: पूर्वराष्ट्रपति यादव
12 दिन पहिले प्रकाशित
जनकपुरधाम, मङ्सिर २५ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिले हालका राजनीतिक उपलब्धिहरूको आधार तयार गरेको बताएका छन्। जनकपुरधाममा आयोजित महेन्द्रनारायण निधिको जीवनीमा आधारित पुस्तक ‘नेपालका निधी’ को लोकार्पण कार्यक्रममा बोल्दै उनले पूर्वी मधेसको बलिदानी इतिहासलाई स्मरण गरे। उनले आफ्नो राष्ट्रपति पदसम्मको यात्रा पनि त्यही बलिदानको उपलब्धि भएको बताए।
डा. यादवले ०६२/०६३ को जनआन्दोलनको परिवर्तन २००७ सालकै क्रान्तिको जगमा भएको उल्लेख गरे। २००७ सालको क्रान्ति असफल भएको भए अहिलेको लोकतान्त्रिक व्यवस्था सम्भव नहुने धारणा राखे। उनले देशको उपलब्धिहरू सम्पूर्ण नेपालीको योगदानबाट हासिल भएको भन्दै यसलाई जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
कमेन्ट गर्नुहोस्
view comments