प्रचण्डको आलोचना: रवि लामिछानेप्रति सरकारले निरङ्कुश व्यवहार देखाएको आरोप
13 दिन पहिले प्रकाशित
काठमाडौं,मंसिर २४ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरेको व्यवहारको कडा आलोचना गरेका छन्। प्रचण्डले रवि लामिछानेमाथि देखाइएको सरकारी कदमलाई निरङ्कुश, अमानवीय र अलोकतान्त्रिक भन्दै तत्काल त्यस्तो व्यवहार रोक्न आग्रह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अदालतबाट दोषी ठहर नभएका लामिछानेमाथि सरकारको प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गरे।
लामिछानेलाई सहकारी ठगीको आरोपमा कात्तिक २ गते कास्की प्रहरीले पक्राउ गरेको थियो। उनलाई अस्वस्थ अवस्थामा चितवनबाट पोखरा लगिएकोमा उनले आपत्ति जनाएका छन्। लामिछानेले यो कदमलाई गैर-मानवीय र अन्यायपूर्ण भनेका छन्। यस घटनाले सरकारको कार्यशैली र प्रतिशोधपूर्ण नीतिप्रति विभिन्न राजनीतिक दलहरूबाट आलोचना हुन थालेको छ।
कमेन्ट गर्नुहोस्
view comments