सुनसरीमा ७ सय किलो गाँजासहित एक पक्राउ, गाडी नियन्त्रणमा लिन गोली प्रहार
18 दिन पहिले प्रकाशित
विराटनगर, मंसिर १९ गते । विराटनगरमा सुनसरी प्रहरीले ७ सय किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले सरकारी नम्बर प्लेट राखिएको दुईवटा गाडीबाट गाँजा बरामद गरेको हो। पक्राउ परेका व्यक्ति मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। भने, अर्का चालक फरार रहेका छन्। गाडी नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली चलाएको थियो, जसका कारण एक गाडीको पछाडिको भागमा क्षति पुगेको छ।
प्रहरीले कोशी राजमार्गअन्तर्गत धनकुटाबाट धरानतर्फ आउँदै गरेका बा १ झ ४६०५ नम्बरको स्कार्पियो र बा १ झ ५१२७ नम्बरको कारलाई चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको हो। धरान प्रहरीले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेर तस्करी गरिएको खुलासा गरेको छ। यस घटनाले गाँजा तस्करीको नयाँ तरिकाबारे थप अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments