प्रधानमन्त्री ओलीद्वारा नेपाल-चीन सम्बन्धमा सभ्यतागत योगदानको प्रशंसा

18 दिन पहिले प्रकाशित

एजेन्सी,मंसिर १९ गते । बेइजिङमा चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनलाई प्राचीन ज्ञानका भूमि भनेर परिभाषित गरे। पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस क्षेत्रका दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा दिएको बताए। ओलीले नेपाल र चीन दुवै बुद्ध र कन्फ्युसियसको भूमि भएको उल्लेख गर्दै यी महान सभ्यताका मूल्यहरू आधुनिक समाजको आधारशिला भएको प्रस्ट पारे।

प्रधानमन्त्रीले चीनको चौथो आन्दोलनलाई आधुनिक इतिहासको महत्वपूर्ण मोड बताउँदै, जनताको अधिकार र लोकतन्त्रका लागि भएको संघर्षलाई बलियो उदाहरणको रूपमा प्रस्तुत गरे। उनले नेपालको राजनीतिक परिवर्तनलाई अद्वितीय मोडल भन्दै, माक्र्सवाद र मदन भण्डारीको नेतृत्वमा बहुदलीय लोकतन्त्रको सिद्धान्त विकास भएको औँल्याए। चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)लाई साझा समृद्धिको आधार भनेर प्रशंसा गर्दै, नेपालले समाजवाद उन्मुख संरचनामा ‘समृद्ध नेपाल, खुसी नेपाली’ नारासहित अगाडि बढिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?