एनपीएलमा सट्टेबाजीको आरोपमा चार भारतीय नागरिक पक्राउ

5 महीना पहिले प्रकाशित

काठमाडौँ, मंसिर १८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चलिरहेको खेलका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत बिहारका २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार, र २५ वर्षीय ब्रजेस कुमार छन्। सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार, सुमन भोज र अमित यादव सोमबार पक्राउ परेका थिए भने सुमन कुमार र ब्रजेस कुमारलाई मंगलबार पक्राउ गरिएको हो। उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा अदालतबाट म्याद थपका लागि पेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?