मधेश प्रदेश अध्यक्ष कृष्णा यादवकै वडामा काँग्रेसको हार
20 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १७ गते । नेपाली काँग्रेस मधेश प्रदेश अध्यक्ष कृष्णा यादवको आफ्नै वडामा नेपाली काँग्रेस पराजित भएका छन् । रौतहटको गढीमाइ नगरपालिका-८ मा एकिकृत समाजबादीको बजरंगी प्रसाद यादव ६५५ मत ल्याइ विजय भएका छन् भने नेकपा एमालेका जीउती देवी यादव ६३१ मत ल्याइ दोश्रो र नेपाली काँग्रेसका सुबोध कुमार यादव ६१७ मत ल्याइ तेश्रो स्थान प्राप्त गरेका छन् ।
कुल मतदाता २७५१ रहेकोमा जम्मा २२३९ मत खसेका थिए । कुनै समय नेपाली काँग्रेसको प्रभावशाली ब्यक्तित्व एवम् नेताको रुपमा रहेको कृष्णा यादवले पछिल्लो समयमा आफ्नो जनाधार गुमाउदै गएको र प्रदेश अध्यक्षले आफ्नो वडामा समेत आफ्नो अस्तित्व बचाउन नसकेको प्रति ब्यगं गरेका छन् । मधेश प्रदेशमा नेपाली काँग्रेस भित्रै रहेको गुट उपगुट कै कारण हार ब्यहोर्नु परेको विष्लेशकहरु बताउछन् ।
कमेन्ट गर्नुहोस्
view comments