जनमत पार्टी स्थानीय तह उपनिर्वाचनमा निराशाजनक प्रदर्शन
20 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर १७ गते । सीके राउत नेतृत्वको जनमत पार्टी आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा सहभागितासम्म मात्र सीमित रह्यो। अधिकांश स्थानमा अन्तिम मत परिणाम सार्वजनिक हुँदा पार्टीका कुनै पनि उम्मेदवारले विजय हासिल गर्न सकेनन्। कीर्तिपुर लगायतका स्थानमा मतगणना जारी रहँदा पनि पार्टीका उम्मेदवारले दोहोरो अंक कटाउने सम्भावना कमजोर देखिएको छ। निर्वाचन आयोगका अनुसार, मोरङ, उदयपुर, सुनसरी, झापा, र सप्तरीका विभिन्न वडाहरूमा जनमत पार्टीका उम्मेदवारले न्यून मत मात्र प्राप्त गरेका छन्।
रौतहट, धनुषा, काठमाडौँ, कपिलवस्तु र कञ्चनपुरका वडाहरूमा पनि जनमत पार्टीका उम्मेदवारहरूको प्रदर्शन कमजोर देखिएको छ। राष्ट्रिय पार्टीको हैसियतले संघीय संसदमा प्रतिनिधित्व गर्ने जनमत पार्टी मधेस केन्द्रित भए पनि स्थानीय तह उपनिर्वाचनमा प्रभाव जमाउन सकेन। तुलनात्मक रूपमा मधेसमा प्रतिस्पर्धी रहेको जसपा नेपालले भने दुई स्थानमा वडाध्यक्ष जितेर आफ्नो उपस्थिति प्रमाणित गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments