मंसिर १६ को उपनिर्वाचन: कांग्रेसको चुनावी सक्रियता
1 महीना पहिले प्रकाशित
काठमाडौं, मंसिर ७। मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि उपनिर्वाचन हुने भएको छ। जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीका साथै केही वडामा निर्विरोध नतिजा आए पनि बाँकी स्थानमा मतदान हुने तयारी छ। मंसिर २ गते उम्मेदवारी दर्ता भएपछि राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र प्रतिस्पर्धीहरू मत माग्न सक्रिय छन्।
यसैक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ पुगेका छन्। उनले चुनावी घरदैलोका क्रममा कोण सभालाई सम्बोधन गर्दै कांग्रेसले देशमा लोकतन्त्र स्थापनामा खेलेको भूमिकालाई स्मरण गरे। शर्माले तानाशाही राणा शासन र राजतन्त्रलाई अन्त्य गरी प्रजातन्त्र र गणतन्त्र स्थापनामा कांग्रेसको योगदान उल्लेख गर्दै कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। मधेसको विकास र समृद्धिका लागि कांग्रेसले विशेष प्राथमिकता दिएको भन्दै उनले जनतामा पार्टीप्रतिको विश्वास कायम राख्न अपिल गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments