थाइल्यान्डमा १४ जनालाई विष खुवाएर हत्या: एक महिलालाई मृत्युदण्ड
1 महीना पहिले प्रकाशित
बैंकक, ६ मंसिर । थाइल्यान्डको अदालतले १४ जनालाई साइनाइड खुवाएर हत्या गरेको अभियोगमा एक महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। ३६ वर्षीया साराट रङ्गसिवुथापोनले सन् २०१५ देखि साथीभाइलाई विष प्रयोग गरी हत्या गरेको खुलासा भएको हो। ती घटनामध्ये २०२३ को अप्रिलमा घुम्न गएको समयमा उनले ३२ वर्षीय सिरिपोर्न खान्वोङलाई साइनाइड मिसिएको खाना खुवाएर मारेकी थिइन्।
अनुसन्धानका क्रममा सिरिपोर्नको शरीरमा साइनाइड भेटिएको र उनको फोन, पैसा, र झोला समेत गायब रहेको पुष्टि भएको थियो। साराटले आफ्नो जुवा र कर्जाको लत पूरा गर्न साथीभाइलाई निशाना बनाउँदै उनीहरूको धनमाल लुट्ने गरेको पाइयो। प्रमाण लुकाउन सहयोग गरेको अभियोगमा साराटका पूर्व श्रीमान्, पूर्व प्रहरी अधिकारी, र उनका वकिललाई समेत जेल सजाय तोकिएको छ। अदालतले मृतकको परिवारलाई २० लाख थाई भाट क्षतिपूर्ति दिन साराटलाई आदेश दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments