बम धम्कीका कारण इन्डिगोको विमानको आकस्मिक अवतरण

1 महीना पहिले प्रकाशित

नयाँ दिल्ली, कार्तिक २९ गते । भारतीय हवाई सेवा प्रदायक कम्पनी इन्डिगोको नागपुरबाट कोलकाता जाँदै गरेको विमानलाई बम रहेको धम्कीपछि रायपुर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ। बिहीबार बिहान गरिएको अवतरणको क्रममा विमानमा १८७ जना यात्रु र ६ जना क्रु सदस्य रहेका थिए।

रायपुरका प्रहरी प्रमुख सन्तोष सिंहका अनुसार विमानस्थलमा धम्की प्राप्त भएपछि विमानलाई बिहान ९ बजेपछि सुरक्षित रूपमा अवतरण गराइएको हो। सुरक्षा सतर्कता अपनाउँदै विमानलाई छुट्टै क्षेत्रमा राखेर बम स्क्वाड र प्राविधिक टोलीद्वारा व्यापक जाँच भइरहेको छ। यात्रुको सुरक्षामा विशेष ध्यान दिइएको र अहिले थप अनुसन्धान भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?