ज्यान मुद्दामा दोषी ठहर भएका दीपक मनाङे डिल्लीबजार कारागार चलान
1 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक २७ गते । पूर्वमन्त्री तथा मनाङका प्रदेश सांसद दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएपछि काठमाडौंको डिल्लीबजार कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंको फैसलाअनुसार उनलाई जेल सजायका लागि कारागार पठाइएको हो। सर्वोच्च अदालतले कात्तिक २० गते उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो। उनले यसअघि दुई वर्ष आठ महिना कैद सजाय भोगिसकेकाले अब बाँकी समय जेलमै बिताउनुपर्नेछ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले पुनरावेदन अदालत पाटनको २०६९ सालको फैसला सदर गर्दै पाँच वर्ष कैद सजायको निर्णयलाई कायम राखेको थियो। यो फैसलापछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। उनी स्वतन्त्र सांसद रहेका भए पनि ठूला दलहरूले राजनीतिक समीकरणमा उनलाई प्रयोग गर्दै आएका थिए।
तर, पछिल्लो समयमा ती दलहरूका लागि मनाङे प्रतिकूल बन्दै गएपछि उनको कारागार पठाउने फैसला कार्यान्वयन गरिएको हो। मनाङे मनाङबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्, तर कानूनी मुद्दाहरूमा दोषी ठहर भएपछि उनलाई अब बाँकी सजाय भोग्न कारागारमा राखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments