मधेश प्रदेशका सात स्थानमा उपनिर्वाचन मंसिर १६ गते हुने
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २६ गते । मधेश प्रदेशका सात स्थानमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ। यो उपनिर्वाचन सप्तरी, धनुषा, महोत्तरी, रौतहट र बाराका विभिन्न क्षेत्रमा हुने भएको हो।
उपनिर्वाचन हुने स्थानहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७ र राजपुर नगरपालिका–६, तथा बाराको गढीमाई नगरपालिका–८ रहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments