चर्चित गायिका शारदा सिन्हाको स्वास्थ्य अवस्था नाजुक, भेन्टिलेटरमा उपचार जारी

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २० गते ।  मैथिली र भोजपुरी भाषाकी चर्चित गायिका शारदा सिन्हाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको छ र उनलाई भेन्टिलेटरमा राखिएको छ। केही दिनदेखि दिल्लीको एम्स अस्पतालमा उनको उपचार चलिरहेको छ। शारदाको निधन भएको भन्ने अफवाहहरु आइरहेको समयमा, उनका छोरा अंशुमानले उनको आधिकारिक युट्युब च्यानलमार्फत शारदाको उपचार भइरहेको र चिकित्सकले स्वास्थ्य सुधारका लागि प्रयास गरिरहेको जानकारी दिएका छन्।

करिब एक महिना अघि शारदाका पतिको निधन भएको थियो, जसको कारण उनी निकै दुखी रहेकी थिइन्। शारदा सिन्हाको जन्म १९५२  सालको १ अक्टूबर  बिहारको समस्तीपुरमा भएको थियो। उनले मैथिली र भोजपुरीसहित विभिन्न भाषामा गीत गाएर ठूलो ख्याति प्राप्त गरेकी छन्। छठ पर्वको अवसरमा नेपाल र भारतका विभिन्न स्थानमा उनको गाएका गीत निकै लोकप्रिय छन्, साथै उपनयन र विवाहका गीतमा पनि शारदाका गीतहरुको विशेष कदर छ। उनलाई १९९१ मा पद्मश्री, २०१८ मा पद्म विभूषण र  पद्म भूषण जस्ता प्रतिष्ठित सम्मानबाट सम्मानित गरिएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?