जनकपुर चुरोट कारखाना निजीकरणको प्रयास मधेश प्रदेशविरुद्ध षड्यन्त्र: नेता निधि

2 महीना पहिले प्रकाशित

 

जनकपुरधाम, कार्तिक १२ गते ।  पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनकपुर चुरोट कारखाना लिमिटेडलाई निजीकरण गर्ने प्रयासलाई संघीयता विरोधी कदमका रूपमा व्याख्या गर्दै यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। आइतबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता निधिले वर्तमान मधेश प्रदेश सरकारको मधेस–प्रदेश भवनको रूपमा परिचित जनकपुर चुरोट कारखानालाई निजीकरण गरेर मधेश प्रदेश सरकारलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाए।

प्रतिनिधिसभा सदस्यसमेत रहेका निधिले आफू गृहमन्त्री हुँदा चुरोट कारखानालाई मधेश प्रदेशको मातहत ल्याउने निर्णय गराएर जिल्ला प्रशासन कार्यालय, धनुषाको अधीनमा ल्याइएको जानकारी दिए। संघीय सरकारले कारखानालाई निजीकरण गर्ने योजना अघि बढाइरहेको सुनिएपछि यो कदम आपत्तिजनक र संघीयता विरोधी भएको उनले बताए। यसबारे उद्योगमन्त्रीसँग छलफल हुँदा निजीकरण नभई लाइसेन्स नवीकरण मात्र गर्न लागेको जानकारी पाए पनि यदि निजीकरणको निर्णय भएमा आफू त्यसको कडा विरोधमा उत्रिने चेतावनी उनले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?