मधेसका जनतासँग धोका गर्ने अनैतिक प्रवृत्ति जसपाको विकल्प होइन: मन्त्री यादव

2 महीना पहिले प्रकाशित

जनकपुरधाम,कार्तिक ११ गते । संघीय खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपाल नेतृत्वको अनैतिक सम्झौताको प्रवृत्ति जनआकाङ्क्षासँग मेल नखाने बताएका छन्। पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता लोलुपताका कारण पटक-पटक मधेसका जनतासँग धोका गरेको आरोप लगाए। उनले आफूहरू सत्ता प्राप्तिका लागि मात्र नभई जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउन राजनीतिमा आएको बताए।

नवप्रवेशीहरूलाई स्वागत गर्दै मन्त्री यादवले पार्टीको आधार अझ सुदृढ भएको दाबी गरे। जसपा नेपालबाट निराश भएका नेता तथा कार्यकर्ताहरू अहिले नयाँ विकल्पको खोजीमा रहेको बताउँदै उनले जसपा नै त्यो विकल्प बनेको बताए। नवप्रवेशीहरूलाई जनताको हक र समृद्धिको लागि थप जिम्मेवारीका साथ काम गर्न प्रेरित गर्दै उनले पार्टीप्रतिको प्रतिबद्धता पनि पुनः दोहोर्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?