रौतहटमा अवैध भारतीय सामानसहित स्कर्पियो गाडी नियन्त्रणमा
2 महीना पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक ८ गते । प्रहरीले भारतबाट अवैध रूपमा सामान ल्याउँदै गरेको एक स्कर्पियो गाडी र ठूलो मात्रामा भारतीय सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले बीआर ०१ एफ वाई ३२०९ नम्बरको स्कर्पियो गाडीलाई बुधबार नियन्त्रणमा लिएको हो।
गाडीमा १ लाख २२ हजार रुपैयाँ बराबरको भारतीय धान र केराउ बरामद भएको छ। जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार, बरामद सामग्री र गाडीको कुल मूल्य ३६ लाख २२ हजार रुपैयाँ रहेको छ, जुन अब जिल्ला भन्सार कार्यालय गौरमा आवश्यक कारबाहीका लागि बुझाइएको छ। त्यस्तै, चन्द्रपुर नगरपालिका-८ बस्तीपुरमा प्रहरीले १ नाले बन्दुक पनि बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीलाई देखेर एक जना अपरिचित व्यक्तिले उक्त बन्दुक छोडेर भागेका थिए। अहिले प्रहरी त्यस व्यक्तिको खोजीमा जुटिरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments