टाटाको ६० हजार करोड सम्पतिको उत्तराधिकारी खोजीमा चासो

2 महीना पहिले प्रकाशित

एजेन्सी, मुम्बई असोज २७ गते । भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राति निधन भएको छ। टाटालाई एक अर्बपति मात्र नभई टाटा समूहलाई विश्वव्यापी ब्रान्डको रूपमा स्थापित गर्ने दूरदर्शी नेताको रूपमा सम्झना गरिन्छ। उनले टाटा समूहको सफलतासँगै सामाजिक सेवामा समेत करोडौं रुपैयाँ योगदान गरेका थिए, जसले उनलाई दीनदुःखीहरूको सेवामा समर्पित व्यक्ति बनायो। आफ्नो विनम्र जीवनशैली र परोपकारी कामहरू मार्फत उनको योगदान अविस्मरणीय छ।

रतन टाटाको निधनपछि उनको उत्तराधिकारी को हुने भन्ने विषयमा भारतीय मिडियामा व्यापक चर्चा भइरहेको छ। टाटा सन्सका वर्तमान अध्यक्ष एन. चन्द्रशेखरको नामसँगै, नोएल टाटा, रतन टाटाका सौतेनी भाइ, र नोएलका तीन सन्तान माया, नेभिल, र लेह टाटाको नाम सम्भावित उत्तराधिकारीका रूपमा अघि सारिएको छ। यी तीनै जना अहिले टाटा समूहसँग आबद्ध परोपकारी संस्थामा सक्रिय छन्, र भविष्यमा समूहको नेतृत्व कसले गर्ने भन्नेबारे लामो समयदेखि बहस चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?