नेता निधिको पहलमा राहत सामग्री पुग्यो सुनकोशी गापा
3 महीना पहिले प्रकाशित
जनकपुरधाम, असोज २३ गते । बाढि पिडितहरुलाई यो विजयादशमीको समयमा एकदमै समस्या भएको खवर पछि विजयादशमीको सप्तमी तिथिका दिन कांग्रेसका युवाहरु राहत दिएर सिन्धुली पुगेका छन् ।
नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्व उपप्रधान गृहमन्त्री विमलेन्द्र निधीलाई सो खवर भएपछि उनकै पहलमा जनकपुरधाममा युवा अगुवाहरु प्रभावित क्षेत्रको लागि राहत लिएर पुगेका हुन। विपदको बेला दशैंमा खुसी साटने एक प्रकारको प्रयास रहेको युवा नेता मनोज चौधरीले जनाएका हुन ।
जिल्लाको सुनकोशी गापा वडा नं. १ गजुलीदहमा बाढि तथा पहिरो पिडितहरुलाई राहत वितरण गरिने छन ।
दशैंका बेला कोहि पनि अन्न र पानी बिना बस्नु हुदैन भन्ने ध्येयले पचिस किलोको एक सय दुई बोरा चामल, पाँच केजीको सय बोरा चिउरा, पाँच केजीको सय पोका दाल, एकसय बोतल खानेतेल र नुन, १५ काटुन चाउचाउ पानीको एकदमै हाहाकार रहेकाले दुईसय काटुन पानी समेत वितरण गरिएको नेता चौधरीले बताए ।
राहत सामग्री आज सिन्धुली स्थित चियाबारीमा गाउपालिका उपाध्यक्ष कपिल कोइरालाको जिम्मा लगाई हामी फर्केको नेपाली कांग्रेसका जनकपुरधाम वडा ५ का अध्यक्ष ललित साहले बताए ।
सो क्रममा कांग्रेसका नेताहरु गणेश तिवारी, प्रमोद चौधरी, मनोज चौधरी, उमेश प्रसाद सिंह, नेपाल रेडक्रस सोशाइटी धनुषाका प्रमुख नरेश प्रसाद सिंह, जनकपुरधाम उपमहानगर पालिका प्रतिनिधिका रुपमा परमेश झा सहित प्रभावित क्षेत्र पुगेका हुन । राहत आजै वितरण गरिने उपाध्यक्ष कोइरालाले बताए हुन ।
कमेन्ट गर्नुहोस्
view comments