विद्यालय क्षेत्रमा बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे छलफल

3 महीना पहिले प्रकाशित

 

काठमाडौं, असोज १८ गते ।  भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विद्यालय क्षेत्रमा भएको क्षति मूल्यांकनका लागि शिक्षामन्त्री विद्या भट्टराईले सातै प्रदेशका शिक्षा सामाजिक विकासमन्त्रीहरूसँग छलफल गर्ने तयारी गरेकी छन्। असोज ११ गतेदेखि परेको वर्षाका कारण करिब १५० विद्यालयमा क्षति पुगेको अनुमान रहेको र सोको विस्तृत विवरण संकलन भइरहेको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए। असोज २२ गतेका लागि तय गरिएको छलफलमा क्षतिको यकिन विवरण र पुनर्स्थापना योजनामा प्रदेश मन्त्रीहरूसँग विस्तृत रूपमा विचार–विमर्श गरिनेछ।

प्रवक्ता भट्टराईका अनुसार आजको लागि तय भएको छलफल मन्त्री भट्टराईको विधेयक समितिको बैठकका कारण असोज २२ मा सारिएको हो। छलफलमा सरोकारवाला अन्य निकायहरूसँग पनि आगामी कदमबारे विचार विमर्श गरिनेछ। यस छलफलबाट शिक्षा क्षेत्रमा पुग्न सक्ने दीर्घकालीन प्रभाव र पुनर्निर्माणका लागि आवश्यक स्रोतसाधनको सुनिश्चितता गर्ने प्रयासमा सहमति जुटाउन खोजिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?