बलिउड अभिनेता गोविन्दालाई रिभल्वर सफा गर्ने क्रममा खुट्टामा गोली लाग्यो

3 महीना पहिले प्रकाशित

एजेन्सी, १५ असोज । बलिउड अभिनेता र शिवसेना (शिन्दे गुट)का नेता गोविन्दालाई आफ्नै रिभल्वरबाट गोली लागेपछि अस्पतालमा भर्ना गरिएको छ। मुम्बईस्थित घरमा रिभल्वर सफा गर्ने क्रममा गल्तीले गोली छुट्दा उनको खुट्टामा लागेको हो।

गोविन्दाको खुट्टामा गोली, चिकित्सकले गोली निकालेर स्वास्थ्य सुधार गोविन्दालाई मुम्बईस्थित आफ्नो घरमा रिभल्वर सफा गर्दा गोली लागेपछि तत्काल अस्पताल पुर्याइएको थियो। चिकित्सकहरूले सफलतापूर्वक गोली निकालेका छन्, र उनी अहिले पूर्णतया स्वस्थ भए पनि अस्पतालमै छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?