मधेश प्रदेशले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनायो, केही मन्त्री अनुपस्थित

3 महीना पहिले प्रकाशित

जनकपुरधाम,असोज ३ गते । मधेश प्रदेश सरकारले पहिलो पटक औपचारिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ। प्रदेशको गृहमन्त्रालयको आयोजनामा बिहीबार बिहान रामानन्द चौकबाट प्रभातफेरी निकालेर बाजागाजासहित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा पुगेर कोणसभा सम्पन्न भएको छ।

प्रभातफेरीमा सभामुख रामचन्द्र मण्डल, गृहमन्त्री राजकुमार लेखीलगायतका मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, र विभिन्न कलेजका विद्यार्थीहरूको उपस्थिति थियो।

यद्यपि, संविधान दिवसको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र केही दलका मन्त्रीहरू अनुपस्थित रहे। उता, मधेसवादी दलहरूले भने संविधान दिवस नमनाउने निर्णय गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?