गंगा नदीको जलस्तर खतराको चिन्ह पार, हजारौं एकड खेती डुबानमा
3 महीना पहिले प्रकाशित
एजेन्सी,
आरा भदौ ३१ गते । भोजपुर जिल्लामा गंगा नदीको जलस्तर आइतवार खतराको चिन्ह पार गर्दै थप उचाइमा पुगेको छ। शनिबारको तुलनामा आइतवार जलस्तरमा ७० सेन्टिमिटरको वृद्धि भई ५३.२० मिटरमा पुगेको छ, जुन खतराको स्तरभन्दा १२ सेन्टिमिटर बढी हो।
जलस्तर खतराको सीमा पार गरेसँगै ग्रामीण सडकहरूमा पानी भरिन थालेको छ, जसका कारण यातायातमा समस्या उत्पन्न भएको छ। साथै, हजारौं एकडमा लगाइएका विभिन्न प्रकारका बालीहरू फेरि डुबानमा परेका छन्।
शनिबार बिहान गंगा नदीको जलस्तर ५२.५० मिटर थियो, जुन आइतवार बिहान बढेर ५३.२० मिटर पुगेको छ।
कमेन्ट गर्नुहोस्
view comments