अध्यक्षमा सुरेन्द्र भण्डारी र वरिष्ठ उपाध्यक्षमा मनोज साह विजयी

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३० गते । जनकपुरधाम उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा मनोज साह (दवाईबाला) निर्वाचित भएका छन् ।आफ्ना प्रतिद्धन्द्धी अम्भु प्रसाद साहलाई ६८५ मतले पराजित गर्दै मनोज साह (दवाईबाला) विजयी भएका छन् । मतगणनाअनुसार मनोज साह १८११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अम्भु प्रसाद साहले ११२६ तथा विकाश चौधरीले ५५० मत पाएका छन् । भने ८३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।

संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएको छ। उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । संघको सम्वद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरि तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?