मनिषको घरदैलो अन्तिम चरणमा

4 महीना पहिले प्रकाशित

जनकपुरधाम, २४ गते । धनुषा-जनकपुरधामको गल्ली गल्लीमा यतिबेला फरक फरक समुहमा युवाहरु भोट माँगदै हिंडेका छन । यही भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आ-आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

उम्मेदवारहरु व्यापारीहरुको व्यापारिक प्रतिष्ठानमा पुगेर मत माग्न व्यस्त देखिएका छन् भने व्यापारीहरुले पनि अब आउने नेतृत्वसँग अपेक्षा राखिरहेका छन् ।

यसैबिच, अध्यक्ष पदका उम्मेदवार मनीष रमण साह पनि मतदाता संग भेटघाट गर्दै व्यपारीलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन । व्यापारीहरुले व्यापारिको हकहितमा काम गर्नेलाइ मात्र आफ्नो मत दिने बताउदै आएका छन ।

युवा व्यापारी राँक्की साहले मनिष सूझबूझ र पढेलेखेका सक्षम युवा भएकाले व्यपारीहरु मनिषलाई आफ्नो पहिलो रोजाई बनाई सकेको बताए । साह भन्छन , ’मनिष अध्यक्ष लायक एक मात्र उम्मेदवार हो ।’

रक्कीको दावी छ, मनिष व्यापारीको पीडा हुँदा दिनरात खट्ने उम्मेदवार हुन् । उद्योग वाणिज्य संघमा व्यापारीहरुको हकहितका लागि काम गर्ने युवा व्यापारी मनीषलाई नेतृत्वमा देख्न चाहन्छन ।’

युवा व्यपारी राजीव साह चन्दन भन्छन , ’ नेतृत्व तहमा दबंग व्यक्ति होइन शालीन व्यक्ति चाहिन्छ, दूरदर्शी भएका व्यक्ति नै अध्यक्ष जस्तो पदमा जानु पर्छ ।’ उद्योग वाणिज्य संघको गरिमा राख्न पनि एउटा कुशल नेताको रुपमा मनिष रमण आफुलाई प्रमाणित गरेको उनको तर्क छ ।
एता चुनावलाई लिएर अहिले नेकपा एमाले र कांग्रेस आमने सामने रहेका छन । एमालेले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा घोषणा न गरेपनि एमालेका नगर अध्यक्ष सुरेन्द्रका पक्षमा खुलेरै लागेका छन । त्यस्तै नेपाली कांग्रेसको साथ मनिष रमण संग रहेको युवा नेता कृष्णा सिंहले बताए । सिंहको तर्क छ खास व्यपारीको चुनावमा पार्टी खुलेर लाग्नु दुःखद हो तर गर्ने के , एक पक्षले खुलेर लागेपछी हामिपनि हाम्रो उम्मेदवारको पक्षमा कार्य अगाडि बढ़ाई सकेका छौ ।
एक प्रश्नको जिज्ञाषामा नेता कृष्णसिंहले ’अरु मलाई थाहा छैन , हाम्रो आधिकारिक उम्मेदवार मनिष नै हो।’ जउवा संघको आसन्न निर्वाचनमा मनिससंगै सुरेन्द्र भण्डारी र जितेन्द्र प्रसाद साह पनि अध्यक्ष पदका प्रत्यासी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?