उपाध्यक्षमा लक्ष्मण निर्विरोध

4 महीना पहिले प्रकाशित

धनुषा, भदौ १६ गते ।  जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा लक्ष्मण साह र्निविरोध निर्वाचित भएका छन् । पछिल्लो निर्वाचनमा उपाध्यक्ष पदमै पराजित साह यस पटक भने निर्विरोध निर्वाचित भएका हुन् ।उपाध्यक्ष पदमा उनीसंगै उम्मेदवारी दिएका विश्वनाथ साह सुडी उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् । निर्वाचन समितिका अध्यक्ष ललित कुमार साहले विश्वनाथ उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उपाध्यक्षपदमा जम्मा दुइ जनाको मात्र उम्मेदवारी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?