बलोचिस्तानमा बन्दुकधारीको आक्रमण: २३ यात्रुको गोली हानेर हत्या

4 महीना पहिले प्रकाशित

एजेन्सी
बलोचिस्तान, भदौ १० गते ।पाकिस्तानको बलोचिस्तानमा सोमबार बिहान एक बन्दुकधारी समूहले कम्तीमा २३ जनाको गोली हानेर हत्या गरेको छ। डन पत्रिकाका अनुसार मुसाखैल जिल्लाको राराशम क्षेत्रमा अन्तरप्रदेशीय हाइवेमा सवारी रोकेर यात्रुहरूको परिचयपत्र जाँच गरेपछि उनीहरूलाई गाडीबाट उतारेर हत्या गरिएको हो। घटनामा २२ वटा गाडीहरू रोकेर यात्रुहरूको हत्या गरिएको बताइएको छ। मुसाखैलका असिस्टेन्ट कमिशनर नजीब ककरले आतंकवादी समूहले १७ वटा ट्रक, दुई वटा भ्यान, र चार वटा पिकअप गाडीमा आगजनी समेत गरेको जानकारी दिएका छन्। मृतकहरू प्रायः पञ्जाबका भएको बताइएको छ। घटनाको जिम्मा बलोच लिबरेशन आर्मी (बिएलए) नामको आतंकवादी समूहले लिएको छ। यसअघि अप्रिलमा पनि बलोचिस्तानको नोशकी जिल्लामा यस्तै घटना भएको थियो, जहाँ ९ जना यात्रुलाई परिचयपत्र जाँच गरेर हत्या गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?