संघीय गणतन्त्रको विकासमा सरकार प्रतिबद्ध: गृहमन्त्री लेखक, प्रहरी समायोजन प्रक्रिया अघि बढ्दै

4 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ ६ गते ।  गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजनको प्रक्रिया अघि बढिरहेको भन्दै छिट्टै प्रहरी समायोजन हुने आश्वासन दिनुभएको छ। आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मधेश प्रदेशलाई आफ्नै प्रहरी बल हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो। उहाँले सरकारको प्रमुख प्राथमिकता शान्ति सुरक्षा, सुशासन, र स्थिरताको सुनिश्चितता रहेको बताउनुभयो। एक प्रश्नको उत्तरमा गृहमन्त्री लेखकले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले गणतन्त्र विरोधी षड्यन्त्रको कुनै सत्यता नरहेको भन्दै यसबारे भएका चर्चा ठूला दलहरूबाट आएको निराधार अफवाह भएको स्पष्ट पार्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?