आन्ध्र प्रदेशको औषधि कारखानामा विस्फोट: १७ जनाको मृत्यु, ४० जना घाइते, उद्धार कार्य जारी
4 महीना पहिले प्रकाशित
एजेन्सी
नयाँ दिल्ली,,भदौ ६ गते । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको अनाकापाल्ली जिल्लामा रहेको इसाइन्शिया एड्भान्स्ड साइन्सेजको औषधि बनाउने कारखानामा बुधबार भएको विस्फोटपछि बिहीबार पनि उद्धार कार्य जारी रह्यो। यस विस्फोटमा परेर १७ जनाको मृत्यु भएको छ, र करिब ४० जना घाइते भएका छन्। राज्यका वरिष्ठ अधिकारीले यो विस्फोटलाई आन्ध्र प्रदेशमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब घटना बताएका छन्। यस घटनाबारे इसाइन्शियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, तर सरकारी अधिकारीहरूले कारखानाभित्र रहेको केमिकल रियाक्टरमा विस्फोट भएको आशंका गरेका छन्।
उनीहरू सीसीटिभी फुटेज स्क्यान गर्दै मानवीय त्रुटिका कारण यो घटना भएको हो कि भनेर अनुसन्धान गरिरहेका छन्। उद्योग सचिव एन युवराजले सुरुआती छानबिनले वाफजस्तो चिज उडेपछि विस्फोट भएको देखाएको बताएका छन्। गत वर्ष पनि सोही जिल्लामा एक औषधि कारखानामा भएको विस्फोटमा २ जनाको मृत्यु भएको थियो र पाँच जना घाइते भएका थिए।
कमेन्ट गर्नुहोस्
view comments