नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले महत्त्वपूर्ण कागजात बरामद: मानव बेचबिखन ब्युरोको अनुसन्धान सुरु
5 महीना पहिले प्रकाशित
काठमाडौं ,भदौ ५ गते । नेपाल संगीत उद्योग संघको कार्यालयबाट प्रहरीले महत्त्वपूर्ण कागजात बरामद गरेको छ। अनामनगरस्थित संघको कार्यालयमा मानव बेचबिखन ब्युरोको टोलीले अनुसन्धानका लागि ती कागजात संकलन गरेको हो, जसको पुष्टि ब्युरोका एसएसपी ओम रानाले गरेका छन्। रानाले भने, ‘त्यहाँका कर्मचारीको रोहबरमा अनुसन्धानका लागि कागजात लिन टोली पुगेको हो।’ ब्युरोले संघको कार्यसमिति बैठकका निर्णय, लेटरहेड, र कम्प्युटर समेत बरामद गरेको छ। संघका पदाधिकारीहरूले नक्कली कागजात तयार गरी व्यक्तिहरूलाई विदेश पठाउने गतिविधिमा संलग्न रहेको सूचना पाएपछि ब्युरोले यसबारेमा अनुसन्धान सुरु गरेको हो।
कमेन्ट गर्नुहोस्
view comments