कोलकातामा प्रशिक्षार्थी डाक्टरको हत्या-बलात्कार प्रकरण सीबीआईलाई सुम्पिएपछि देशभरका चिकित्सकहरूको विरोध, आईएमएले मेडिकल सेवा बन्द गर्ने घोषणा
4 महीना पहिले प्रकाशित
एजेन्सी
कोलकाता,भदौ २ गते । कोलकाताको आरजी कर अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरण सीबीआईलाई सुम्पिएको छ। यस मुद्दामा सीबीआई अनुसन्धानबारे बोल्दै भाजपा नेता तथा केन्द्रीय मन्त्री सुकान्त मजुमदारले सीबीआईको अनुसन्धानमा विश्वास गर्नुपर्नेमा जोड दिए। उनले भने, "हामीले प्रमाणहरूमा कुनै छेडछाड नभएको सुनिश्चित गर्नुपर्छ।" साथै, उनले प्रहरीमा लामो समयसम्म रहेको यस मामिलालाई ढिलो गरी सीबीआईलाई सुम्पिँदा प्रमाण नष्ट हुने सम्भावना रहेको र यसले सीबीआईको अनुसन्धानलाई कमजोर बनाउने चेतावनी पनि दिए। यस घटनालाई लिएर देशभरका चिकित्सकहरूले विरोध प्रदर्शन जारी राखेका छन्। इन्डियन मेडिकल एसोसिएसन (आईएमए)ले कोलकाता घटनाको विरोधस्वरूप अगस्ट १७ मा सबै मेडिकल सेवा बन्द गर्ने निर्णय गरेको छ। आईएमएले जारी गरेको सूचनामा अगस्ट १७ गते बिहान ६ बजेदेखि २४ घण्टाका लागि ओपीडी र शल्यक्रिया सेवा बन्द गरिने उल्लेख छ, यद्यपि अत्यावश्यक सेवाहरू भने जारी रहनेछन्। आईएमएको हडतालका कारण देशभरका सरकारी अस्पतालहरूको काम ठप्प भएको तस्बिरहरूमा देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments